“नुवाकोटलाई पछाडि धकेलेको नेतृत्व नै दोषी— गौतमको कडा प्रहार”

0
39

नुवाकोट —   नुवाकोटका चर्चित सामाजिक अभियान्ता एवम् युवा नेता  राजन गौतम ( नकुलले) सामाजिक     सञ्जालमा कडा शब्दमा प्रतिक्रिया जनाएका छन् ।

उनले नुवाकोटमा आजसम्म मेडिकल कलेज, इन्जिनियरिङ कलेज वा उच्चस्तरीय शैक्षिक संरचना नखुल्नु नेतृत्वको दीर्घदृष्टिहीनता र नीतिगत असफलताको स्पष्ट उदाहरण भएको आरोप लगाएका छन्।  गौतमले सामाजिक सञ्जालमा लेख्दै, नुवाकोटका जिम्मेवार पुस्ताले दशकौँसम्म भविष्यको आवश्यकता होइन, तत्कालीन सुविधा र सस्तो राजनीतिक लाभलाई मात्र प्राथमिकता दिएको जिकिर गरेका छन्। उनका अनुसार, नुवाकोटलाई शिक्षा–हब बनाउने पर्याप्त क्षमता, भौगोलिक फाइदा र सम्भावना हुँदाहुँदै पनि त्यसलाई संस्थागत रूप दिन नेतृत्वले कहिल्यै पहल नगरेको कुरा उनले प्रष्ट पारेका छन्।

उनी भन्छन्, “नुवाकोटले सम्भावना गुमाएको होइन, नेतृत्वले सम्भावनालाई थुनेर राख्यो। अवसर वर्षौँसम्म नेतृत्वकै हातबाट नचलेर हरायो।”

गौतमले दाबी गर्दै औँल्याएका छन् कि अब पनि नुवाकोटमा मेडिकल वा इन्जिनियरिङ कलेजको योजना अघि नबढाइने हो भने जिल्ला फेरि दशकौँपछि पनि उही अवस्थामै बन्धक रहनेछ। उनले टिप्पणी गरेका छन्— “जिल्ला पछाडि होइन, नेतृत्वको कमजोर प्राथमिकताले जिल्लालाई पछाडि पारियो।”

अन्त्यमा उनले चुनौती दिंदै भनेका छन्— “यदि अब पनि नुवाकोटका नागरिकले आवाज उठाएनन् भने नेतृत्वले फेरि अर्को अवसर पनि गुमाइदिनेछ। अब नुवाकोटले आफ्नो अधिकार माग्ने समय आएको छ।”

LEAVE A REPLY