नेपालमा विशेषज्ञ सेवा सहितको पहिलो Oral & Maxillofacial अस्पताल चाहाबेलमा खुल्लदै।

0
152

नेपालमा विशेषज्ञ सेवा सहितको पहिलो Oral & Maxillofacial अस्पताल चाहाबेलमा खुल्लदै

काठमाडौं राजन थापा
काठमाडौंको मध्यभाग चाहाबेलमा नेपालमै पहिलो समर्पित Oral & Maxillofacial अस्पताल स्थापना हुने भएको छ। दन्त–मुख स्वास्थ्यका क्षेत्रमा सक्रिय ओं समाज डेण्टल अस्पतालले सुरु गर्न लागेको यो अस्पताल नेपालमा मुख, दाँत, जबडा तथा अनुहारसम्बन्धी जटिल शल्य–उपचारका लागि महत्वपूर्ण माइलस्टोन मानिएको छ।
अस्पतालका वरिष्ठ मुख–जबडा तथा अनुहार शल्य विशेषज्ञ डा. सुवास घिमिरेका अनुसार, यो सेवा आजसम्म नेपालमा पूर्णरूपमा उपलब्ध थिएन। जटिल हड्डी भाँचिनु, जबडा विकृति, अनुहार चोट–पटक, क्यान्सर, मुखभित्रका ट्युमर, संक्रमण, टिश्यु–रिकन्स्ट्रक्सन जस्ता उपचारका लागि बिरामीहरू भारत, थाइल्यान्ड वा अन्य तेस्रो देश धाउन बाध्य हुने गर्थे।
डा. सुवास भन्छन्, “अब नेपालीहरूले आफ्नो उपचार गर्न विदेश जानुपर्ने आवश्यकता छैन। अत्याधुनिक उपकरण र योग्य विशेषज्ञसहित हामी यही देशमै सस्तो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउँदैछौं।”
उनका अनुसार चाहाबेलमै निर्माणाधीन अस्पतालमा उच्चस्तरीय अपरेशन थिएटर, आधुनिक डिजिटल एक्स–रे तथा 3D इमेजिङ प्रणाली, इन–हाउस ल्याब, इन्टेन्सिभ केयर सुविधा, एनिस्थेसिया विभाग र आपतकालीन उपचार कक्षसमेत रहनेछ। व्यापक मुख–जबडा केन्द्र नेपालभरका बिरामीका लागि उपचारमा नयाँ आशाको रूपमा स्थापित हुने विश्वास गरिएको छ।
नेपालमा विशेषज्ञ सेवा सहितको पहिलो Oral & Maxillofacial अस्पताल चाहाबेलमा
नेपालमानै पहिलो Oral & Maxillofacial अस्पताल बन्दै बिरामीलाई
नेपालमा बढ्दो सडक दुर्घटना, औद्योगिक दुर्घटना, मुख क्यान्सरका केस, बालबालिकामा जन्मजात जबडा–मुख विकृति तथा दन्त–हड्डीसम्बन्धी जटिल समस्या बढ्दै गएको अवस्थामा यस्तो विशेष अस्पतालको आवश्यकता धेरै पहिले महसुस गरिएको थियो। ॐ समाज डेण्टल अस्पतालले विगत केही वर्षयता चाबहिल, नैकाप, गोंगबू, बर्दिबासलगायत स्थानहरूमा सस्तो र पहुँचयुक्त दन्त सेवा प्रदान गर्दै आएको छ। संस्था नेतृत्वका अनुसार आगामी महिना भित्र चाहाबेलस्थित मुख्य भवनबाट Oral & Maxillofacial अस्पताल सर्वसाधारणका लागि सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।
नेपालमै पहिलो पटक सुरु हुन लागेको यस प्रकारको विशेष अस्पतालले विशेषज्ञ सेवा, गुणस्तरीय उपचार र किफायती शुल्कका माध्यमबाट स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY