प्रगतिशील धारका तीन शक्ति एकीकृत, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा भोली

0
15

प्रगतिशील धारका तीन शक्ति एकीकृत, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा भोलि।

काठमाडौं – देशको प्रगतिशील धारलाई एकीकृत गर्ने उद्देश्यसहित तीन राजनीतिक शक्ति औपचारिक रूपमा एक हुँदै छन्।

पूर्वप्रधानमन्त्री डॉ. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल (नेसपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान तथा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार समूहबीच भोलि (आइतबार) एकता घोषणा हुँदैछ।एकता घोषणा कार्यक्रम बिहान ११ बजे, राष्ट्रिय सभा गृहमा आयोजना गरिएको तीनै समूहले जानकारी दिएका छन्।नयाँ पार्टी :प्रगतिशील लोकतान्त्रिक पार्टी एकता पश्चात् गठन हुने नयाँ पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ रहने भएको छ। आगामी चुनावको तयारी स्वरूप यो नाम निर्वाचन आयोगमा दर्ता भइसकेको नेताहरूले पुष्टि गरेका छन्।

 

चुनाव चिह्न ‘आँखा’ कायम दर्ता भएको नयाँ पार्टीले चुनाव चिन्हका रुपमा हाल नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै प्रयोग गर्नेछ।तर, पार्टीको झण्डा भने अन्तिम निर्णयका लागि नेताहरूबीच छलफल जारी छ।एकता पूर्वसन्ध्यामा आन्तरिक बैठक सकियोएकता समारोहको पूर्वसन्ध्यामा तीनै संरचनाले आ–आफ्ना बैठक, भेला र संयोजन कार्य पूरा गरेका छन्।यसक्रममा नेसपा (नयाँ शक्ति)को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक समेत आज तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेर आवश्यक तयारीहरू टुंगो लगाइएको छ।

भोलिको एकता घोषणासँगै नेपाली राजनीतिमा नयाँ प्रगतिशील संरचना उदाउने विश्लेषण राजनीतिक वृत्तमा भइरहेका छन्।

LEAVE A REPLY