नेपाली कम्युनिष्ट पार्टीमा मा जेन–जेड युवाको आकर्षण बढ्दो, सयोजक प्रचण्डको उपस्थितिमा सयौँ युवाको प्रवेश।

0
18

नेपाली  कम्युनिष्ट पार्टीमा  मा जेन–जेड युवाको आकर्षण बढ्दो, सयोजक प्रचण्डको उपस्थितिमा सयौँ युवाको प्रवेश।

काठमाडौं, मंसिर ६, २०८२ ।
नेपाली राजनीतिमा जेन–जेड पुस्ताले आफ्नो माग, विचार र भविष्यका आकाङ्क्षालाई प्रतिनिधित्व गर्ने दल खोजिरहेको बेला नेपाली कम्युनिस्ट पार्टीले युवामाझ बलियो आकर्षण बनाउँदै लगेको छ। पार्टीका सयोजक कमरेड प्रचण्ड को उपस्थितिमा आज काठमाडौंको केन्द्रीय कार्यालय, पेरिसडाँडा मा विशेष कार्यक्रम आयोजना गर्दै सयौँ जेन–जेड युवाहरू औपचारिक रूपमा पार्टी प्रवेश गरेका छन्।

कार्यक्रममा युवा पुस्ताका विविध क्षेत्रका कलाकारहरूले झाँकी, गीत तथा नृत्य प्रस्तुति दिएर माहोल उत्साहपूर्ण बनाएका थिए। युवाहरूले वर्तमान राजनीतिक व्यवस्थामा देखिएका चुनौतीहरू, असमानता, बेरोजगारी तथा सामाजिक न्यायका मुद्दामा आवाज उठाउन सक्षम शक्तिको रूपमा नेपाली कम्युनिस्ट पार्टी नै जेन–जेड पुस्ताको माग र अपेक्षा पूरा गर्न सक्षम शक्ति भएको धारणा व्यक्त गरे।

सयोजक प्रचण्डले कार्यक्रममा युवाको ऊर्जा, सिर्जनशीलता र परिवर्तनको चाहनालाई पार्टीले अझ संगठित रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै भने—
“जेन–जेड पुस्ताले देखाएको विश्वास हाम्रो लागि प्रेरणा हो, अब परिवर्तनको नयाँ यात्रा उनीहरूसँग मिलेर अघि बढ्छ।”

कार्यक्रममा जेन–जेडका दर्जनौँ समूह प्रतिनिधिहरू, कलाकार, सामाजिक अभियन्ता तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY