
“मुक्ति वा मृत्यु– नकुलको यात्रा”।


प्रकाशित मिति: 20८२/८/५
नुवाकोटको पन्चकन्या गाउँपालिकामा जन्मिएको एउटा सामान्य किसान परिवारको छोरो— (राजन) गौतम ‘नकुल’—बाल्यकालमै असाधारण जिद्दीपन लिएर जन्मिएको थिए। संसारले नचिनेको, तर आफ्नै गाउँ–ठाउँले मनदेखि चिनेको एउटा ‘हिरा’। उनले कहिल्यै पनि आफूलाई ठूलो मानेनन्, तर उनीसँग ठूलो सपना थियो— जनताको मुक्तिथ थियो । देशको कुनामा–कुनामा अन्याय, शोषण, गरिबी र असमानताले जरो गाडिरहेको बेला अचानक जनयुद्धको आगो झिल्किन थाल्यो। त्यतिबेला नकुल १८–१९ वर्षका मात्र थिए—जेनेरेसन Z को युवक। तर उमेरभन्दा धेरै ठूलो चिन्ता उनको मुटुमा रन्थनिन्थ्यो—“कसरी देश बदल्ने? कसरी गाउँ बदल्ने?”
अर्को पुस्ताका साथीहरू भविष्य खोज्दै शहर दौडिरहेका थिए, कोही विदेश जाने बाटो खोज्दै थिए।
तर नकुलले एउटा फरक बाटो छाने—संघर्षको बाटो।उनी भन्थे—“म राम्रो जुत्ता पनि किन्न सक्दिन, तर हाम्रो गाउँले फोहोर बाटोमा हिँडिरहने हो भने, मेरो राम्रो जुत्ताको के अर्थ?” हातमा किताबको झोला लिएर बिहान स्कुल जानुपर्ने उमेरमा नकुलले हातमा अडान लिने निर्णय गरे। उनको मुटुमा एउटा मात्र सपना थियो—
जनताको सम्मान, बराबरी र अधिकार।जंगल, पहाड, खोला–नाला पार गर्दै उनले लम्बेतान यात्रा सुरु गरे।
त्यो यात्रा सजिलो थिएन—गोली, भोक, डर, परिवारको सम्झना…सबैबाट टाढिँदै उनले देशको पीडा नजिकबाट सुने।कहिलेकाहीँ रातभर वर्षातको पानीमा भिजेर हिँड्नु पर्ने कहिलेकाहीँ दिनभर भोकै बसेर गाउँ–गाउँकापीडितहरूलाई सुन्ने कहिलेकाहीँ आफ्नै भविष्य मृत्युसँग धकेलिएको महसुस हुने…तर नकुल हाँस्दै भन्थे—“म भोलि मर्नुपरे पनि आज कसैको पीडा कम भयो भने त्यो नै मेरो सफलता हो।” लडाइँले देश झस्काइरहेको थियो।तर नकुल जहाँ–जहाँ पुगे, त्यहाँ–त्यहाँ जनताले उनलाई आफ्नै घरको मान्छे जस्तै स्वीकारे। उनलाई कहिल्यै ‘नेता’ भनेर होइन,सधैं ‘हाम्रो नकुल’, ‘हाम्रो छोरो’ भनेर सम्बोधन गर्थे परिवर्तन पछि पनि नकुल उस्तै रहे।उनी हरेक गाउँमा पुग्दा बृद्धआमालाई सहारा दिने,
बालबच्चालाई पढाइमा उत्साहित गर्ने, पीडितलाई न्याय खोजिदिने,असहायलाई आवाज दिने…
यिनै कुराले उनलाई जनताको ‘नचिनेको हिरा’ बनाइदियो। देश बदलियो, समय बदलियो,
अनेक नेता सत्ताको चमकमा हराए।
तर नकुल उस्तै रहे—उस्तै सरल, उस्तै जमिनमा बसेर बोल्ने,उस्तै जनताको काममा समर्पित।आजसम्म पनि
नुवाकोटको विकास सामाजिक अभियान पीडितको सहारा न्यायका मुद्दा धेरै तरुण–तरुणीको मार्गदर्शन…सबैमा उनको ध्यान सबैमा सक्रियता देखिन्छ।उनी कहिल्यै पनि पद, शक्ति वा प्रचारका लागि हिँडेका होइनन्। उनी त सधैं समाज बदल्ने चरित्र बने। नुवाकोट बाहिर धेरैले उनलाई चिन्दैनन्।
तर नुवाकोटका जनताको मुटुमाउनी उस्तै चम्किन्छन्—
नचिनेको तर अनमोल हिराजस्तै।उनको जीवन कथा एकदम सरल तर गहिरो छ ।संघर्ष, त्याग र जनताप्रतिको अथाह समर्पण।आज उनी भन्छन्—“मुक्ति वा मृत्युको बाटोबाट गुज्रिएको मान्छे हुँ म।अब मेरो बाँकी जीवन जनताको विकासका लागि हो।”
जंगल, आन्दोलन र संघर्षको धुलो किचेर अगाडि बढेका नकुल अहिले पनि उस्तै छन्—जनताको बीच, समस्या देख्ने, पीडा सुन्ने।समय बद्लियो, तर भूमिहीन जनताको नियति भने कहाँ बद्लियो र? नकुलले धेरै पटक भन्दै आएका छन्—“हामीले कहिले सुकुम्बासी आयोग, कहिले भूमि आयोग बनायौँ।तर समाधान होइन—कागजी गफले मात्र राज्यको बोझ बढ्यो।”उनी आफैँले नुवाकोटका गाउँ–बस्ती डुल्दा देखे—
आयोगहरू बद्लिए, मन्त्रीहरू बद्लिए,
तर जनताको घरचाहिँ अझै भाडाको टिन–छाप्रोमै।
नुवाकोटका नेता पनि सत्ता–सरोकारका तहमा पुगे,
तर गुठि समस्यामा एक थुँगा काम पनि हुन सकेन।
यसकै कारण हजारौँ नागरिक आज घरबारविहीन,
सुकुम्बासी जीवनमा कैद जस्तै बाँच्छन्। उनी मन दुखाएर भन्छन्—“क्रान्ति र विकासले जनताको जीवन उठाउनुपर्छ, तर यहाँ त श्रेय लिनेहरू अगाडि, पीडा बोक्नेहरू पछाडि पर्न थाले।”आज नकुल फेरि जनताकै सवाल लिएर उभिएका छन्।उनलाई डर छैन, थकाइ छैन—किनकि उनले यो यात्रा मुक्ति वा मृत्यु भन्ने अठोट लिएर सुरु गरेका थिए।अब उनको एक मात्रै आवाज—“जनताको समस्या हल नगरी विकासको गफ गर्नु जनतालाई फेरि ढट्नु मात्र हो।अब समाधान नै अन्तिम सत्य हो ।”











