प्रगतिशील लोकतान्त्रिक पार्टी : पाँच सदस्यीय अध्यक्ष परिषद् सार्वजनिक।

0
25

प्रगतिशील लोकतान्त्रिक पार्टी : पाँच सदस्यीय अध्यक्ष परिषद् सार्वजनिक

आइतबार एकता घोषणा गर्दै औपचारिक रूपमा गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो प्रारम्भिक नेतृत्व संरचना सार्वजनिक गरेको छ। नयाँ पार्टीमा डा. बाबुराम भट्टराई, जनार्दन शर्मालगायतका वरिष्ठ नेताहरूलाई अनुभवसहितको अभिभावकीय जिम्मेवारी दिइएको छ, जसले पार्टीलाई दीर्घकालीन दिशानिर्देशन दिने बताइएको छ।

पार्टी सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले पाँच जनाको अध्यक्ष परिषद् गठन गरिएको छ। परिषद्का सदस्यमा सुदन किराँती, सन्तोष परियार, दुर्गा सोव, अशोक जैसवाल र ओजस्वी भट्टराई रहेका छन्। नेतृत्व टोलीले नीतिगत निर्णय, कार्यक्रम निर्माण, संगठन विस्तार र प्रदेश–स्थानीय संरचनाहरूलाई संयोजन गर्ने भूमिका निर्वाह गर्नेछ।

नयाँ परिषद्हरू चयन गर्दा जेन–जेडसहित विविध प्रदेश, समुदाय, जातीय पृष्ठभूमि र सामाजिक वर्गको प्रतिनिधित्वलाई मुख्य आधार बनाइएकाे पार्टी स्रोतले जनाएको छ। दलले पुराना राजनीतिक व्यवहारबाट भिन्न, सहभागितामूलक र पारदर्शी कार्यशैली अपनाउने दाबी गरेको छ।

एकता घोषणापछि पार्टीले समसामयिक राजनीतिक मुद्दामा सक्रिय भूमिका खेल्दै अघि बढ्ने र निकट भविष्यमै विस्तृत संगठनात्मक योजना सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।

LEAVE A REPLY