रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया आफ्नै निवासमा मृत फेला।

0
14

रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया आफ्नै निवासमा मृत फेला

काठमाडौं, मंसिर ७ ।
रेडियो पत्रकारितामा स्थापित नाम मानिने पत्रकार तथा रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया आइतबार आफ्नै घर बानेश्वरस्थित निवासमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीले यो घटनालाई आत्महत्याको आशंकासहित अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार खनियाको शव घरको भर्‍याङको रेलिङमा इन्टरनेट वायरको पासो लागेको अवस्थामा भेटिएको हो। घटना हुँदा उनकी श्रीमती र छोरी घर बाहिर रहेको बताइएको छ। हालसम्म घटनास्थलबाट कुनै पनि सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ।

खनिया रेडियो पत्रकारितामा तीन दशकभन्दा बढी सक्रिय रहेकामा पर्छन्। कम्युनिकेशन कर्नर, रेडियो सगरमाथा लगायतका थुप्रै सञ्चारमाध्यममा काम गरेका उनले २०६३ सालदेखि हास्यव्यंग्य कार्यक्रममार्फत रेडियो कार्यक्रम निर्माण र प्रस्तुति गर्दै आएका थिए।

LEAVE A REPLY