प्रचुर सम्भावना हुँदाहुँदै नुवाकोट टुकी–पुनीको अध्यारो : चन्द्र प्रसाद पुरुष ।

0
19

नुवाकोट, ४ मंसिर ।
नुवाकोट जिल्लामा  प्रचुर सम्भावना हुँदाहुँदै पनि   बिकासको कामले तिव्रता नपाउदा  सामाजिक अभियानता  चन्द्रप्रसाद पुरुषले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

आज  उनले  सामाजिक संजाल मार्फत आफ्नो धारणा   राख्दै  जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूको दयनीय अवस्थालाई लिएर कडा प्रतिक्रिया व्यक्त गरेका हुन् । चिम्टेश्वर, जालपा देवी, पृथ्वीनारायण शाहको समाधि स्थल राजघाट, त्रिवेणी धाम, ऐतिहासिक नुवाकोट दरबार क्षेत्र, भैरवी, बेत्रावती–उत्तरगया, दुप्चेश्वर लगायतका स्थलले नुवाकोटलाई देशकै महत्वपूर्ण धार्मिक–पर्यटन गन्तव्य बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । तर यति नजिक राजधानीसँग जोडिएको जिल्लामा आजसम्म आधारभूत पूर्वाधारको विकास नहुनु नेतृत्वको असक्षमता हो कि जनतालाई दोस्रो दर्जामा राख्ने सोच ? पुरुषले प्रश्न उठाउँछन् ।

उनका अनुसार   नुवाकोटका प्रमुख पर्यटकीय गन्तव्यहरू—ककनी, घ्याङसोस्वारा लगायतका स्थानहरू।” धार्मिक–पर्यटन विकासका लागि आवश्यक सडक, प्रचार–प्रसार, सुरक्षा सुविधा र व्यवस्थित पहुँच अभावकै कारण यी सबै क्षेत्र ‘बत्तीमुनि अधेरो’ जस्तै उपेक्षित बनेका छन् । रणनीतिक रूपमा महत्व बोकेको नुवाकोट जिल्लालाई आजसम्म समुचित प्राथमिकता नदिइनुले जनतामाझ असन्तुष्टि बढेको पुरुषले बताएका छन्

जालपा–चिम्टेश्वर क्षेत्रमा जाने बाटो, त्रिशूली–भैरवी सडकखण्ड, ऐतिहासिक दरबार क्षेत्रमा पुग्ने पहुँच मार्ग तथा दुप्चेश्वर क्षेत्रका जीर्ण सडकले धार्मिक तथा आन्तरिक पर्यटनको गति रोकिएको उनको बुझाइ छ ।

“अब पनि जनता सचेत भई बुलन्द आवाज उठाउन नसके यो दुर्गति यस्तै रहिरहनेछ,” पुरुषले चेतावनी दिएका छन् । उनले, नुवाकोटको समृद्ध धार्मिक–पर्यटन क्षमता वास्तविक विकासमा रूपान्तरण गर्न स्थानीय नेतृत्व र सरकार दुवैले तत्परता देखाउन आवश्यक रहेको उनको भनाइ छ।

LEAVE A REPLY