बानेश्वर–कोटेश्वर समितिको अधिवेशन सम्पन्न, सरोज लामिछाने निर्विरोध अध्यक्ष चयन।

0
108

 

सरोज लामिछाने अध्यक्षमा निर्विरोध चयन, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान उपत्यका समन्वय बानेश्वर–कोटेश्वर समितिको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय बानेश्वर–कोटेश्वर समितिको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत सरोज लामिछाने प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आदरणीय कृष्ण बम मल्ल, विशिष्ट अतिथिहरू शर्मिला कँडेल, राजेश ढकालमिरा गोर्खाली लगायतको सहभागिता रहेको थियो। सो अवसरमा प्रतिष्ठानका सल्लाहकारज्यूहरू समेतको उपस्थितिले कार्यक्रमलाई भव्यता दिएको थियो।

 

अधिवेशन सफल पार्न रानीमहल दोहोरी साँझ स्थल उपलब्ध गराई खाजा नास्ताको व्यवस्था गरी सहयोग पुर्‍याउनुहुने आदरणीय कुमार कार्की (मामा) प्रति अध्यक्ष लामिछानेले विशेष धन्यवाद ज्ञापन गरेका छन्।

नवनिर्वाचित अध्यक्ष सरोज लामिछानेले आफ्नो भनाइमा सम्पूर्ण कार्यसमिति, अतिथिहरू तथा उपस्थित कलाकारहरूलाई धन्यवाद दिंदै आगामी दिनमा प्रतिष्ठानको बृहत्तर विकास र नेपाली लोक तथा दोहोरी सङ्गीतको श्रीवृद्धिमा अनुकरणीय योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवनिर्वाचित कार्यसमिति यसप्रकार छन्:

  • अध्यक्ष: सरोज लामिछाने
  • नि. अध्यक्ष: गोकुल भट्ट
  • उपाध्यक्ष: पूजा पुरी
  • द्वितीय उपाध्यक्ष: तारा लामिछाने मगर
  • महिला उपाध्यक्ष: बीमा अनुरागी
  • सचिव: गेम थापा मगर
  • कोषाध्यक्ष: लिला थापा मगर
  • सह–सचिव: दिलीप थापा मगर
  • सह–कोषाध्यक्ष: कला रेशमी मगर

 

सदस्यहरू: शर्मिला बि.सी., रेखा लामा, मनु वन, कमल आचार्य, रामशरण कुँवर, किरणजंग ठकुरी।

अधिवेशनको समापनपछि उपस्थित कलाकार र अतिथिहरूले नयाँ नेतृत्वलाई शुभकामना दिंदै नेपाली लोकदोहोरीको विकास र संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिज्ञा गरेका छन्।


 

LEAVE A REPLY