
राधिका दासीको आगमन र आध्यात्मिक ऊर्जा: स्वास्थ्य सेवामा मानवीय संवेदना जोड्दै ओम समाज डेन्टल


राधिका दासीको आगमन र आध्यात्मिक ऊर्जा: स्वास्थ्य सेवामा मानवीय संवेदना जोड्दै ओम समाज डेन्टल
– राजन थापा
काठमाडौँ, ५ माघ । चिकित्सा सेवा केवल औषधोपचारमा मात्र सीमित हुनुहुँदैन, यसमा सेवाभाव र आध्यात्मिक चेतनाको पनि उत्तिकै महत्व हुन्छ भन्ने उदाहरण ओम समाज डेन्टल अस्पतालले प्रस्तुत गरेको छ।पछिल्लो समय प्रख्यात आध्यात्मिक व्यक्तित्व राधिका दासी ज्यू को अस्पतालमा भएको गरिमामय आगमनलाई अस्पताल परिवारले आध्यात्मिक ऊर्जा र मानवीय मूल्यको एक महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
राधिका दासी ज्यूको उपस्थिति र उहाँबाट प्राप्त मार्गदर्शनले अस्पतालको सेवा प्रवाहमा थप करुणा र सेवाभाव जागृत गराएको अस्पताल प्रशासनले जनाएको छ। आध्यात्मिक चेतना र आधुनिक स्वास्थ्य सेवालाई समाज रूपान्तरणका दुई बलिया आधार मान्दै अस्पतालले आगामी दिनमा पनि यस्ता सकारात्मक सामाजिक तथा मानवीय अभियानहरूसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पहुँचयोग्य स्वास्थ्य र सामाजिक उत्तरदायित्व
ओम समाज डेन्टल अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न विभिन्न सामाजिक संघ–संस्थासँग मिलेर काम गरिरहेको छ। निःशुल्क स्वास्थ्य शिविर, विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम र दुर्गम क्षेत्रमा सेवामुखी अभियानहरू सञ्चालन गर्नु यस अस्पतालको मुख्य विशेषता बनेको छ। ‘सबैका लागि गुणस्तरीय दन्त सेवा’ भन्ने नाराका साथ अस्पतालले आम नागरिकको पहुँचमा सेवा पुर्याइरहेको छ।
देशव्यापी शाखा सञ्जाल विस्तार
उपचारका लागि टाढा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न अस्पतालले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा आफ्ना शाखाहरू विस्तार गरिसकेको छ। हाल काठमाडौँको चाबहिल (गोपिकृष्ण मार्ग), बनस्थली, नैकाप र सातदोबाटो (चापागाउँ चोक) बाट बिरामीहरूले विशेषज्ञ सेवा पाइरहेका छन्।
त्यसैगरी, उपत्यका बाहिर महोत्तरी जिल्लाको बर्दिबासमा पनि अस्पतालले आफ्नो सेवा पुर्याएको छ। अस्पताल व्यवस्थापनका अनुसार, आगामी चरणमा देशका अन्य विभिन्न स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना तीव्रताका साथ अघि बढिरहेको छ। आधुनिक प्रविधि, दक्ष चिकित्सक र सेवामुखी भावनाकै कारण ओम समाज डेन्टल अस्पताल अहिले दन्त उपचारको क्षेत्रमा एक विश्वासिलो नाम बन्न सफल भएको छ।
यसरी आध्यात्मिक ऊर्जालाई स्वास्थ्य सेवासँग जोडेर अघि बढ्दा समाजमा सकारात्मक सन्देश जाने र नागरिकहरूले अपनत्व महसुस गर्ने अस्पतालको विश्वास छ।











