ॐ समाज डेण्टल अस्पतालद्वारा चावहिल चोकमा मासिक निःशुल्क सिविर सम्पन्न

0
15

ॐ समाज डेण्टल अस्पतालद्वारा चावहिल चोकमा मासिक निःशुल्क सिविर सम्पन्न

काठमाडौं । राजन थापा

ॐ समाज डेण्टल अस्पतालले निरन्तरता दिँदै आएको मासिक निःशुल्क स्वास्थ्य सिविर आज काठमाडौंको चावहिल चोकमा भव्यरूपमा सम्पन्न भएको छ। दन्त स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यसहित सञ्चालित सिविरमा ३५८ भन्दा बढी सर्वसाधारणले दन्त सेवा लिएका छन् भने १२२ जनाको दाँत सफा (स्केलिङ) गरिएको अस्पतालले जनाएको छ।

सिविरमा स्थानीय बासिन्दा, व्यवसायी, विद्यार्थी, महिलादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक उपस्थिति रहेको थियो। नेपाल प्रहरीको सक्रिय सहयोगले सिविर अझ सहज र व्यवस्थित रूपमा सञ्चालन भएको आयोजकहरूले बताए। कार्यक्रम लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगा (संचालक: राजन थापा) को आयोजनामा तथा तार्केश्वर क्लब ६० को सह–आयोजनामा सम्पन्न भएको हो।

समुदायप्रति अस्पतालको प्रतिबद्धता सुदृढ

“स्वास्थ्य—जीवनका लागि समर्पित” भन्ने मूल उद्देश्यसहित सेवा विस्तार गरिरहेको ॐ समाज डेण्टल अस्पतालले चावहिलमा सम्पन्न सिविरले समुदायप्रति आफ्नो प्रतिबद्धता झनै मजबुत बनेको जनाएको छ। अस्पतालले छोटो समयमा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मको विश्वास जित्दै आएको छ।

अस्पतालका प्रतिनिधिहरूका अनुसार दन्त समस्याबारे जनचेतना अभाव भएकै कारण लामो समय इग्नोर गरिएका समस्याले पछि गम्भीर स्थितिसम्म ल्याउने गर्दछ। त्यस्ता समस्याबाट बच्न नियमित परीक्षण र सचेत व्यवहार आवश्यक रहेकोमा सिविरले ठूलो भूमिका खेलिरहेको छ।

चिकित्सक र सेवाग्राहीका विचार

सिविरका प्रमुख विशेषज्ञ वरिष्ठ दन्त चिकित्सक डा. सुवास घिमिरेले दन्त स्वास्थ्यमा नियमित अभ्यासको महत्वबारे जोड दिँदै भन्नुभयो—
“रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग नलाग्ने बानी बसाल्नु सबैभन्दा प्रभावकारी उपचार हो।”

उहाँका अनुसार नियमित ब्रस गर्ने बानी, चिनीजन्य खानेकुरा कम गर्ने, र प्रत्येक छ महिनामा दन्त परीक्षण गर्नु जीवनभरका समस्याबाट जोगिन पर्याप्त हुन्छ।

उपचारका लागि आएका एक ज्येष्ठ नागरिकले खुसी व्यक्त गर्दै भने—
“नाम त धेरै सुनेको थिएँ, तर आज प्रत्यक्ष सेवा पाएर मन निकै खुसी भयो। यति राम्रो सेवा त्यो पनि निःशुल्क—धन्यबाद।”

सिविर व्यवस्थापक धन घिमिरेले स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकसम्म सेवा पुर्‍याउनु नै आफ्नो मुख्य ध्येय भएको बताए।
“कुनै पनि ठाउँ टाढा हुँदैन, आवश्यकता भएको ठाउँमा पुगेर सेवा दिनु नै हाम्रो उद्देश्य हो,” उनले भने।

चावहिल शाखा प्रमुख सन्तोषी बस्नेतका अनुसार निःशुल्क सिविरबाट सेवा लिनेहरूको विश्वास र संख्या दुवै निरन्तर बढ्दै गएको छ।

सिविरमा डा. ममता भुजेल, इन्द्र भट्टराई, मनु राना, सम्झना तामाङलगायत स्वास्थ्यकर्मीहरूको सक्रिय भूमिका रहेको थियो।

डा. सुवास घिमिरे — अनुभवी तथा समुदाय–मुखी दन्त विशेषज्ञ

डा. सुवास घिमिरे लामो समयदेखि दन्त स्वास्थ्य क्षेत्रमा सक्रिय, दक्ष र समुदाय–मुखी चिकित्सकका रूपमा चिनिन्छन्। सामान्य उपचारदेखि जटिल केस समाधानसम्म समान दक्षता राख्ने उनी जनचेतना प्रवर्द्धनमा पनि अग्रसर छन्।
उनको “रोग लागेपछि होइन, रोग नलाग्ने बानी बसालौँ” भन्ने सन्देश समुदायमा अत्यन्त प्रभावकारी देखिएको छ।

अस्पतालका नियमित निःशुल्क सिविर

ॐ समाज डेण्टल अस्पतालले प्रत्येक महिना विभिन्न स्थानमा निःशुल्क सिविर सञ्चालन गर्दै आएको छः

पहिलो हप्ता — नैकाप

दोस्रो हप्ता — सातदोबाटो

तेस्रो हप्ता — चावहिल

चौथो हप्ता — बनस्थली

यसका साथै अस्पतालले बर्दिबाससहित विभिन्न शाखाबाट दैनिक दन्त सेवा प्रदान गर्दै आएको छ।

नियमित निःशुल्क स्वास्थ्य सिविर, गुणस्तरीय सेवा, र समुदायमै पुगेर उपचार उपलब्ध गराउने परम्पराले ॐ समाज डेण्टल अस्पताललाई ‘सडकदेखि सदनसम्म’ सबैको रोजाइको दन्त स्वास्थ्य संस्थाका रूपमा स्थापित बनाएको छ।

LEAVE A REPLY