
गोरखा–नारायणघाट जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते


गोरखा–नारायणघाट जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते
गोरखा । गोरखा–नारायणघाट तर्फ जाँदै गरेको ना ४ ख १४९९ नम्बरको यात्रुबहाक बस आज दिउँसो करिब १ः१५ बजे दुर्घटनामा परेको छ। गोरखा नगरपालिका–११ को २२ किलो चोक नजिक घटनास्थल रहेको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा बसमा सवार २२ जना यात्री घाइते भएका छन्। घाइते यात्रुलाई तत्काल उपचारका लागि गोरखा नगरपालिका–स्थित प्रदेशिक अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको र प्रारम्भिक रूपमा चालक नियन्त्रण गुमाएर बस सडकबाट तल खसेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा उद्धार कार्य सम्पन्न गरिएको थियो। अस्पतालमा उपचाररत घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको जनाइएको छ।











