
युगले मागेको विकास र समयले चाहेको सुशासनयुक्त सक्षम नेतृत्व आजको अनिवार्य आवश्यकता हो” — नकुल गौतम

युगले मागेको विकास र समयले चाहेको सुशासनयुक्त सक्षम नेतृत्व आजको अनिवार्य आवश्यकता हो” — नकुल गौतम

नुवाकोट ।
स्थानीय विकास, सुशासन र जनउत्तरदायित्वका विषयमा पटक–पटक आवाज उठाउँदै आएका समाजसेवी नकुल गौतमले नुवाकोटले अहिले स्पष्ट रूपमा सक्षम नेतृत्वको खोजी गरिरहेको बताएका छन्।
उनका अनुसार, समयअनुसार बदलिँदो युगले अब सामान्य नेतृत्व होइन, दूरदृष्टि, पारदर्शिता र परिणाममुखी कार्यशैली भएको पात्रको माग गरिरहेको छ। उनले भने, “युगले मागेको विकास र समयले चाहेको सुशासनयुक्त सक्षम नेतृत्व आजको अनिवार्य आवश्यकता हो, र यसको माग आज नुवाकोटले खुलेर गरिरहेको छ।”
गौतमले नुवाकोटका जनताले विकासमा देखिएको ढिलाइ, सुशासनका प्रश्न र योजनाको कार्यान्वयनमा आएको कमी–कमजोरीका कारण अब नयाँ राजनीतिक सोच र व्यवहारिक नेतृत्व रोज्न थालेको दाबी गरेका छन्।
उनले नुवाकोटको भौतिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा दीर्घकालीन कार्ययोजना र कार्यान्वयन क्षमतायुक्त नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै राजनीतिक नेतृत्वले जनअपेक्षाअनुसार रुपान्तरण ल्याउनै पर्ने बताए।











