बल्ने ढुङ्गा’ देखाएर लाखौँ ठगी गरेको आरोपमा उजुरी, गिरोहबाट सतर्क रहन प्रहरीको आग्रह

0
127

इटहरी । आफूहरूसँग बहुमूल्य धातु ‘बल्ने ढुङ्गा’ रहेको र त्यसको कारोबारबाट रातारात करोडपति बन्न सकिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा केही व्यक्तिविरुद्ध उजुरी परेको छ।
पीडितका अनुसार ताप्लेजुङ घर बताउने पेम्बा छिरिङ शेर्पा र रोल्पा घर बताउने प्रताप बुढा मगरले आफूहरूसँग करोडौँ मूल्य बराबरको ‘बल्ने ढुङ्गा’ रहेको भन्दै सुनसरी जिल्ला इटहरीका प्रेम विश्वकर्मा लगायत धरान–सुनसरीका कृषि उद्योगी तथा व्यवसायीहरूलाई विश्वासमा पारेर लाखौँ रुपैयाँ ठगी गरेका छन्।
उनीहरूले बहुमूल्य वस्तु बिक्री गरेर ठूलो नाफा हुने आश्वासन दिँदै रकम लिएको तर त्यसपछि हालसम्म कुनै सम्पर्कमा नआएको पीडितहरूको आरोप छ।
यस सम्बन्धमा पीडित पक्षले इलाका प्रहरी कार्यालय, इटहरीमा उजुरी दर्ता गरिसकेको जनाइएको छ। पीडित प्रेम विश्वकर्माका अनुसार उक्त समूहले आफू लगायत अन्य व्यक्तिहरूबाट लाखौँ रुपैयाँ ठगी गरेको दाबी गरिएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै सर्वसाधारणलाई यस्ता प्रलोभनमा नपर्न र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ।

LEAVE A REPLY