११ साउन काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा नियुक्तहुनुभएको छ। राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको मिति २०८१।०५।०३ को निर्णय अनुसार मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हाे । २०४५ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गर्नुभएका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गर्नुभएको छ