साहस उर्जाले ८ प्रतिशत बोनश शेयर र शतप्रतिशत हकप्रद जारी गर्ने
साधारण सभा सम्पन्न
नीजि क्षेत्रबाट निर्माण सम्पन्न भई संचालनमा रहेको सोलुखोला (दुधकोशी) ८६ मेगावाट हाल सम्मकै सबैभन्दा ठूलो तथा देशकै तेस्रो ठूलो जलविद्युतको साहस उर्जा लिमिटेडले कार्तिक ४ गते काठमाडौंमा चार आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को साधारण सभा सम्पन्न गरेको छ । नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउन जलस्रोत नै प्रमुख स्रोत ठानी जलस्रोतको सदुपयोग गरी समृद्धिको सपना सहित साहस उर्जा प्रा.लि. नामक कम्पनी मिति २०७०/१०/१९ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई मिति २०७१।५।२९ मा पब्लिक कम्पनीमा परिणत भएको हो । यो कम्पनीले २०७९।११।१७ देखि सफलतापूर्वक व्यवसायिक उत्पादन शुरु गरी उर्जा क्षेत्रमा बे्रक थु् गरेको छ ।
कम्पनीको साधारण सभा कार्तिक ८ गते काठमाडौं ववरमहल स्थित कार्की बैङ्क्वेटमा कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि डा. डिल्लीराज खनाल हुनुहुन्थ्यो भने विशेष अतिथिमा सल्लाहकार रामेश्वर खनाल रहेका थिए । कार्यक्रममा प्रबन्ध सञ्चालक सुनिल थापा, सञ्चालकहरु मुक्तिनाथ पाण्डे, मीन राज कँडेल, महेन्द्र कुमार गिरी, परितोष पौडेल लगायत विभिन्न व्यक्तिहरुको सहभागी रहेको थियो । कम्पनीका अध्यक्ष हिम राज पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले ८ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयरको विषय समेत पारित गरेको छ । साधारण सभालाई प्रमुख अतिथि कम्पनीका सल्लाहकार डा. डिल्लीराम खनाल र विशिष्ठ अतिथि सल्लाहकार रामेश्वर खनालले शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथि खनालले कम्पनीले उर्जा क्षेत्रमा बे्रक थु् गरेको बताए । अर्का विशिष्ट अतिथि रामेश्वर खनालले आर्थिक वृद्धिदर र निर्यात वृद्धिमा कम्पनीले उल्लेखनिय याेयदान पुर्याउने गरेको बताए ।
साधारण सभामा विभिन्न शेयरधनी महानुभावहरुले समेत बोलेका थिए । कतिपय शेयरधनीहरुले लिखित सुझाव समेत पेश गरेका थिए । कम्पनीका शेयरधनी शत्रुघन श्रेष्ठले कम्पनीले वितरण गर्ने भनेको ८ प्रतिशत बोनस शेयरको विरोध गरेका थिए । कम्पनी मोटाउँदै जाने र शेयरधनी दुब्लाउँदै जाने अवस्था आएको बताए । यसलार्य सच्याउन उनले अनुरोध गरेका थिए ।