काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अहिले निगमले डिजेल र मट्टितेलमा भाउ बढाएको छ ।
डिजेल र मट्टितेलकाे मूल्य लिटरमा ३ रुपैयाँका दरले बढेको छ । निगम सञ्चालक समिति बैठकले भाउ बढाउने निर्णय गरेको हो । शुक्रबार मध्यरातबाटै नयाँ मूल्य लागू हुनेछ । मूल्य बढेसँगै डिजेल र मट्टितेलको भाउ काठमाडौं उपत्यकामा प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।