यस बर्षको उत्कृष्ट बढी कर तिर्ने दाता संस्थाको तर्फबाट नेपाल टेलिकम र व्यक्तिमा राजबहादुर शाह सम्मानित ।

काठमाडौं- राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले  सबैभन्दा धेरै कर तिर्ने करदातामा जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई सम्मानित गरेको छ।

विभागले वस्तु निर्याततर्फ डाबर नेपाल तथा कृषितर्फ बढी कर तिर्नेमा पतञ्जलि आयुर्वेदलाई सम्मान गरेको छ।

बैंकतर्फ भने उत्कृष्ट करदाताका रूपमा नबिल बैंकले सम्मान पाएको छ।

त्यस्तै शिक्षातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटनतर्फ तारागाउ रिजेन्सी, वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केटलाई विभागले सम्मान गरेको छ।

ऊर्जातर्फ भोटेकोसी हाइड्रोपावर, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई विभागले सम्मान गरेको छ।

व्यक्तिगत आयकरमा जाउलाखेल ग्रुपका राजबहादुर शाह सम्मानित भएका छन्।

मूल्य अभिवृद्धिकर (भ्याट) बढी तिर्नेमा चिनियाँ लगानीको होग्सी सिमेन्ट परेको छ।

यस्तै सोल्टी इन्टरप्राइजेज र वरुण वेभरेजले पनि उत्कृष्ट करदाताको सम्मान पाएका छन्।

उर्जामूलुक उद्योगमा भोटेकोशी जलविद्युत आयोजनाले सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ। रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सबैभन्दा धेरै कर तिरेर सिटी एक्सप्रेस मनि ट्रान्सफर सम्मानित भएको छ।

व्यक्तिगत आयकर बुझाउनेमा राजबहादुर शाह सम्मानित भएका छन्। यस्तै समयमा नै मूल्य अभिवृद्धि कर बुझाउनेमा होङसी शिवम सिमेन्ट सम्मानित भएको छ।

वार्षिक कारोबार ५० करोडसम्म कारोबार गर्ने कारदातामध्ये आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा आयकर दाखिला गर्नेमा सोल्टी इन्टरप्राइजे सम्मानित भएको छ।

विशेष उद्योगमा सबैभन्दा बढी आयकर तिरेर बरुण वेवरेज सम्मानित भएको छ

LEAVE A REPLY