
निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्ने बारे सरकार गम्भीर भएन: अध्यक्ष रवि सिंह।


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्न तर्फ सरकार गम्भीर नभएको भन्दै आक्रोश पोखेका छन् ।
आज नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिक साधारण महासभाको संबोधन गर्दै उनले अर्थमन्त्री आफैंले निर्माण व्यवसायीहरूले पाउनुपर्ने भुक्तानीको लागि कुनै कसरत बाकी नराख्ने नबताएपनि तर पनि अर्को तर्फ सरकार आफै यस क्षेत्रलाई समस्यामा पारेर झन समस्या बल्झाउन खोजेको उनको भनाइ छ।
अध्यक्ष सिंहले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिटेन्स मार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तरिक अर्थतन्त्र अझै पनि चलायमान हुन नसक्नुमा सरकार जिम्मेवार रहेको उनको आरोप छ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले हामीले हाम्रो समस्याको बारेमा पहिले देखि मन्त्रालय देखि अन्य सरकारी निकायहरू सम्म भेटघाट गर्दा समस्याहरूको समाधान गर्ने आश्वासन दिएपनि सरकारले भुक्तानी नगरेको उनले पिडा गरे।
उनले राष्ट्र बैंकको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र चलायमान बनाउने काम नगरेको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले समयमा भित्र कर्जा तिर्न नसक्दा आवश्यक काम गर्नको लागि असहज भएको उनको दुखेसो छ । अध्यक्ष सिंहले सरकारको नीतिहरूका कारण मङ्सिरपछि ९० प्रतिशत व्यवसायीहरू पलायन हुनुपर्ने बाध्यता भएकाले तत्काल भुक्तानी गर्न उनले सरकार समक्ष माग गरेेका छन्।