
वचन बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट बचत र ऋण सहकारी घोषणा


काठमाडौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले काठमाडौंको वचन बचत तथा ऋण सहकारी संस्था \ शाखा स्तरको उत्कृष्ट बचत र ऋण सहकारी घोषणा गरेको छ ।बैंकले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा यस्तो घोषणा गरेको हो ।
राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कार तथा सम्मानको घोषणा गर्ने गरेको थियो । तर यस वर्ष भने बैंकले साधारण सभाको अवसरमा पुरस्कार वितरण गरेको हो ।उक्त कार्यक्रममा वचन सहकारीका प्रमुख कार्यकारी अधिकृत डा. देश मर्दन बस्न्यात,सचिव मनोहरी तिवारीको समेत उपस्थिती रहेको थियो।
राष्ट्रिय सहकारी बैंकले यस वर्ष सातै प्रदेशमा प्रदेश स्तरीय पुरस्कार समेत वितरण गर्ने घोषणा गरेको छ । शाखा स्तरका पुरस्कारहरू शाखास्तरीय कार्यक्रमहरूमा वितरण गरिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले दिए ।