
कविता:”मेहेल्तोली गाउँमा,।


कविता:”मेहेल्तोली गाउँमा,
“मेहेल्तोली गाउँमा,
कहिले घाम नलागेको गाउँमा,
मान्छेहरू कत्ति दुखी छन्—
भोलि नहुने आशामा।”
“यो मेहेल्तोली गाउँ,
जहाँ बिहान उठ्दा खोले खाईन्छ,
साँझको भोक टार्नका लागि
हरियो सपना देखिन्छ।”
“यो मेहेल्तोली गाउँ,
कहिले दुख नभुल्ने गाउँ,
जहाँ मान्छेहरू भोलिको आशामा
आजलाई बेचेर बाँच्छन्।”
कबि : शान्तिदिप रेग्मी संदेश