निर्झरीका दुई मुक्तक

0
17

मुक्तक
निर्झरी
मुक्तक १
मनभित्रको गुप्त कुना खाली राख्या काम लाग्यो रे
मलाई देख्दा उनको मुटु कलेजोमै घाम लाग्यो रे
तीन लोक चौध भुवन सोधपुछ गर्दै हिँड्दा खेरि
अनुपम, यो अद्वितीय ‘टिङ्कु’ पृथक नाम लाग्यो रे

मुक्तक २
घरीघरी जिस्क्याएर सताउने मान्छे तिमी
मेरै काखमा लुटपुटी मताउने मान्छे तिमी
लाग्छ अचेल निद्रादेवी तिमीसँग टाढिन क्यारे
मौन बस्यौ, मीठो सपना बताउने मान्छे तिमी
इलाम।

LEAVE A REPLY