भुइँमान्छेको कथा बोल्ने सविता खनालको ‘कायरा’ लोकार्पण

0
19

काठमाडौं । आख्यानकार सविता खनालको कृति ‘कायरा’ को लोकार्पण तथा परिचर्चा समारोह हालै ( पुस २७ ) सम्पन्न भएको छ ।

लोकार्पण धुम्बाराहीस्थित होटेल स्मार्ट दरबारमा सम्पन्न भएको आयोजकले जानकारी दिए ।
कार्यक्रमको सभापतित्व अल्केमी प्रकाशनको तर्फबाट तथा चर्चित आख्यानकार घनश्याम खड्काले गर्नुभएको थियो । स्थापित बालसाहित्यकार तथा रामदेव पाण्डे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा महाकाव्यकार डा. नवराज लम्साल रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कायरा उपन्यासले नेपाली साहित्यमा सिमान्तकृतका मुद्दा , भुइँमान्छेको मुद्दा  र मान्छेभित्रको संवेदनालाई सशक्त रूपमा उठाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
कृति विमोचनपछि बोल्दै लेखिका सविता खनालले कायरा लेख्दाको अनुभवलाई सुनाउनुभएको थियो । जीवनका जटिलता , अनुभूतिजन्य विषय र आत्मसंघर्षलाई प्रस्तुत गर्ने कुरामा आफू प्रेरित भएको कायरा उपन्यास लेखेको लेखिकाको भनाइ रहेको थियो ।

कार्यक्रममा अन्य वक्ताका रूपमा ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युमिसा पाण्डे, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त उपस्तिथि पनि हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा साहित्यकार, कवि, उपन्यासकार, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

LEAVE A REPLY