
कांग्रेसभित्रको महाभारत: जुट्ने आधार कि फुट्ने दाउ?


कांग्रेसभित्रको महाभारत: जुट्ने आधार कि फुट्ने दाउ?
पुस ३० काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आन्तरिक किचलोका कारण अनिर्णयको बन्दी बनेको छ।
महाधिवेशनको चौथो दिनसम्म आइपुग्दा पनि संस्थापन र इतर पक्षबीच सहमति जुट्न नसकेपछि देशकै पुरानो लोकतान्त्रिक पार्टी फुटको सँघारमा पुगेको चर्चा सुरु भएको छ। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच घन्टौँ संवाद भए पनि परिणाम शून्य देखिएको छ। विशेषगरी गगन थापाले सभापतिमा आफ्नो दाबी नछोड्ने अडान लिएपछि देउवा पक्ष झस्किएको छ। स्रोतका अनुसार इतर पक्षले यसपटक ‘अर्ली महाधिवेशन’ वा नेतृत्व परिवर्तनको मुद्दालाई बटमलाइन बनाएको छ।
वार्तामा सहभागी एक नेताका अनुसार दुवै पक्ष आ-आफ्नो अडानबाट पछि नहट्दा पार्टी औपचारिक विभाजनको ‘डिल’ सम्म पुगेको आभास हुन थालेको छ। “संवाद भइरहेको छ तर सहमतिको विन्दु फेला परेको छैन,” ती नेताले भने, “परिस्थिति निकै जटिल मोडमा छ।”
केन्द्रीय कमिटी अनिर्णित
आज बिहानैदेखि देउवा निवासमा सहमतिका लागि दौडधुप चले पनि आधिकारिक रूपमा केन्द्रीय कमिटीको बैठक सुरु हुन सकेको छैन। देशभरबाट आएका प्रतिनिधिहरू अन्यौलमा छन् भने शीर्ष नेताहरू भने आ-आफ्नै रणनीति बुन्न व्यस्त छन्।











