
शुभकामना छ मित्र!


शुभकामना छ मित्र!
तिमीले जितेउ तिम्रो जितलाई शुभकामना छ ।
म आज अन्तर आत्मा बाटै हारे अनि मेरो हारलाइ पनि शुभकामना ।
आज तिमीले जितेउ तर त्यो जित भित्र तिम्रो आत्मा ग्लानी हुनेछ ।
यो मेरो हार भएता पनि म आज आफुलाई प्रतिबद्द देखि रहेको छु, त्यसकारण दुबैलाई शुभकामना छ ।
मित्र क्रान्तिकारी मुकुन्डो भित्र तिम्रो प्रतिशोध लुकेको,
लाल आतंक भित्र तिम्रो तस्करी र लुट धन्दा छिपेको,
ईमान को ब्यानरमा तिम्रो बेइमानको खेल चलेको देखिन्छ त्यसकारण तिमीलाई शुभकामना छ।
तिम्रो र मेरो पार्टी संगठन एउटै छ तर दृस्ठिकोण फरक किन?
तिम्रो र मेरो सिद्धान्त एउटै छ तर बुजाइ फरक किन?
तर पनि राजनीति र क्रान्तिको नाममा तिम्रो धन्दा मौलाइ रहोस् शुभकामना छ।
हामी दुइ बिच यति धेरै अन्तर छ, यो अन्तर लाई शालिनताका साथ नेतृत्व गर्ने ती महान मान्छेलाई अझ धेरै धेरै धेरै शुभकामना छ ।
प्रिय साथी आज तिम्रो जित भयो तिमिलाई शुभकामना छ।