तिमीले भन्थ्यौ, यो देशलाई नयाँ बिहान चाहिन्छ।

0
10

तिमीले भन्थ्यौ,
यो देशलाई नयाँ बिहानी चाहिन्छ,
त्यो बिहानीको उज्यालो
हाम्रो संघर्षका पाइलाले ल्याउँछ।
तर आज,
तिम्रा ती पाइलाहरू
पस्चगामीहरूको चौघेरामा थुनिएका छन्।

तिमी भन्थ्यौ,
“म शरीर बलिदान गर्छु,
तर आत्मा कहिल्यै बेच्ने छैन।”
तर आज,
त्यो आत्मा कहाँ छ?
के कुनै सम्झौताभित्र हराएको छ?
कि कुनै दलालले त्यो आत्माको मोल तिरिरहेको छ?

तिमीले मलाई हेर्यौ,
अनि भन्यौ, “तिमी गैरक्रान्तिकारी।”
के मेरो बलिदानी,
मेरो स्वाभिमान
केवल नाममा हरायो?
तिमी त क्रान्तिकारी,
तर तिम्रा शब्दले किन
आजकाल मलाई घोच्दछन्?

जिते सिङ्गो संसार हारे एउटा जिवनको
कसम खाएका थियौं,
सपना एउटै देखेका थियौं।
तर तिमीले हात फैलायौ वर्ग बैरीसंग,
तिनै हात जसले विगतमा वर्गबैरिको गला दवाएका थिए।

तिमी क्रान्तिकारी!
तर के तिम्रो क्रान्ति अब थाकेको हो?
के तिम्रो दृष्टि केवल सत्तामा अड्केको हो?

म गैरक्रान्तिकारी,
तर मेरो हृदयले अझै क्रान्तिको गीत गाउँछ।
मेरो रगतले अझै बलिदानको रंग देख्छ।
तिमी क्रान्तिकारी हो,
तर तिमीलाई के भनूँ?
जब तिमीले आफ्ना सपना बेच्यौ,
र वर्गबैरी सँग हात मिलायौ।

 

LEAVE A REPLY