इरानले मिसाइल आक्रमण अघि अमेरिका संग पूर्व सूचना दियो, ट्रम्पको धन्यवाद।

0
160

कतारको अल उदैद हवाई अड्डामा सोमबार इरानले मिसाइल आक्रमण गरेको घटनापछि अमेरिकाले तत्काल प्रतिक्रिया व्यक्त गरेको छ। अमेरिकी रक्षा विभाग (Pentagon) ले इरानी मिसाइल हमला पुष्टि गर्दै भन्यो कि यसमा कुनै अमेरिकी सैनिकको हताहत भएको छैन।

Pentagon का अधिकारीहरूले भनेका छन्, “इरानबाट आएका छोटो र मध्यम दूरीका ब्यालेस्टिक मिसाइलहरूले अल उदैद एयर बेसमाथि हमला गरेका थिए। अहिलेसम्म कुनै अमेरिकी सैनिक घाइते नभएको रिपोर्ट आएको छ। हामी यो स्थिति नजिकबाट निगरानी गरिरहेका छौं।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमणलाई “अत्यन्त कमजोर” भनेर उल्लेख गर्दै, यस आक्रमणबाट कुनै ठूलो क्षति नभएको बताए। उनले भनेका छन्, “इरानले हामीलाई आक्रमण गर्नु अघि पूर्व सूचना दिएकोमा हामीलाई थोरै धन्यवाद पनि दिनुपर्छ।”

अमेरिकाले यस घटनालाई गम्भीर रूपमा लिइरहेको र क्षेत्रीय शान्ति कायम राख्नका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। अमेरिकी मिडिया संस्थाहरूले पनि यस घटनालाई व्यापक रूपमा रिपोर्ट गर्दै अमेरिकी अधिकारीहरूको प्रतिक्रियालाई प्राथमिकता दिएका छन्।

कतार सरकारले पनि आफ्नो हवाई रक्षा प्रणालीले मिसाइलहरू सफलतापूर्वक रोक्न सकिएको र कुनै जनधनको क्षति नभएको जानकारी गराएको छ।

इरानको यो मिसाइल हमला संयुक्त राज्य अमेरिका र मध्यपूर्व क्षेत्रमा थप तनाव सिर्जना गर्ने संकेत हो। क्षेत्रीय सुरक्षाको विषयमा आगामी दिनमा थप अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू आउन सक्ने अनुमान गरिएको छ।

LEAVE A REPLY