
इजरायलले पहिलो बन्धकलाई १५ मिनेटभित्र रिहा गर्ने तयारी, दुई हेलिकप्टर तयार।


काठमाडौँ । पहिलो बन्धकलाई १५ मिनेट भन्दा कम समयमा रिहा गरिने एक इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । आईडीएफले सम्झौताको कार्यान्वयनको एक भागको रूपमा बन्धकहरूलाई स्थानान्तरण र फिर्ता गर्ने तयारी गरिरहेको छ ।
बिहानको समयमा उत्तरी गाजा पट्टीमा स्थानीय समयअनुसार बिहान ८ बजे बन्दी रिहाइ सुरु हुने ती अधिकारीले भनेका छन् । ‘समय परिवर्तन भइरहन्छ, जानकारी उपलब्ध हुने बित्तिकै अपडेट दिइनेछ,’ उनले भनेका छन् ।
बन्धकहरूलाई घर ल्याउन दुई हेलिकप्टर तयारी अवस्थामा रहेको भन्दै इजरायली वायुसेनाले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा भनेको छ ।