
ज्योतिको कडा व्यंग्य “आम नेपालीलाई सिटामोल छैन, नायिकालाई चाहियो भ्यानिटी भ्यान”।


काठमाडौं, कात्तिक २० – चर्चित लोकगायिका ज्योति मगरले नायिका निति शाहको मागप्रति कडा व्यंग्यात्मक प्रतिक्रिया दिएकी छन्।
आम नेपालीले सिटामोल खान पाएका छैनन्, आम नेपालीका बालबालिकाले दक्ष शिक्षा पाएका छैनन्, हाम्रा हिरोइनहरूलाई सुसु गर्न सजिलो हुने भ्यानिटी भ्यान चाहिएको छ। माफ पाऊँ है सरकार र मन्त्रीहरू, माग पनि आ–आफ्नो लेभलको हुन्छ नि के!”
उनले थप लेखेकी छन्,
“हामीलाई शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास आवश्यक छन्, सेलेब्रेटीहरूलाई वाइफाइ, सोसल मिडिया र भ्यानिटी भ्यान आवश्यक रहेछ।”
नायिका निति शाहले चलचित्र क्षेत्रका महिला कलाकारहरूले सुटिङका क्रममा शौचालयको असुविधा भोग्न पर्ने भएकोले भ्यानिटी भ्यानको आवश्यकता रहेको बताएपछि अभिनेत्री शाह प्रति ज्योति आक्रोशित हुदै कडा प्रतिक्रिया जनाएकी हुन् । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित चलचित्रकर्मीहरूसँगको छलफल कार्यक्रममा मन्त्री खरेलसँग भ्यानिटी भ्यानको माग राखेपछि यो विवाद चर्किएको हो।
उनको भनाइपछि मन्त्री खरेलले भने, “भ्यानिटी भ्यान किन्ने काम सरकारको होइन, तर भन्सारमा कर छुट दिने वा अन्य नीति सहजीकरण गर्ने विषयमा हामी पहल गर्न सक्छौं। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले पनि भ्यानिटी भ्यान किन्ने सम्बन्धमा बोर्डले पहल गर्ने बताएका छन्।”











