शंखरापुर सक्व महोत्सवमा पत्रकार सन्तोष तिवारीलाई सम्मान।

0
11

शंखरापुर सक्व महोत्सवमा पत्रकार सन्तोष तिवारीलाई सम्मान

काठमाडौं, शंखरापुर ।
आज आफ्नै नगर शंखरापुर काठमाडौं मा आयोजित शंखरापुर सक्व महोत्सव विशेष रूपमा उत्साहपूर्ण माहोलबीच सम्पन्न भयो। महोत्सवकै मुख्य आकर्षणमध्ये एक बने पत्रकार सन्तोष तिवारीले प्राप्त गरेको सम्मान। कार्यक्रममा नगरप्रमुख रमेश नापितज्यु प्रमुख अतिथिको रूपमा उपस्थित रहे ।

महोत्सव सञ्चार, संस्कृति र स्थानीय पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय सांस्कृतिक झाँकी, कला–साहित्य, संगीत र परम्परागत सक्व उत्सवका विविध रूप प्रस्तुत गरिएको थियो। यही अवसरमा पत्रकारिता क्षेत्रमार्फत नगरको पहिचान उकास्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नगरप्रमुख नापितले तिवारीलाई सम्मानपत्र प्रदान गरे।

सम्मान ग्रहण गर्दै तिवारीले नगरप्रति कृतज्ञता व्यक्त गर्दै सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा निरन्तर लागिरहने प्रतिबद्धता जनाए। नगरप्रमुख नापितले पनि शंखरापुरलाई देशव्यापी स्तरमा चिनाउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तै सकारात्मक काम निरन्तर जारी रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विभिन्न संगठनका प्रतिनिधि तथा सांस्कृतिक समूहहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो। शंखरापुर सक्व महोत्सवले नगरको सांस्कृतिक पहिचान झनै उजागर गरेको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY