नुवाकोटका नेता भन्नेहरुका कारण हजारौं परिवारको बिचल्ली समाधान खोज्न पुगे सामाजिक अभियान्ताहरु।

0
266

काठमाडौं, २ मंसिर ।
नुवाकोट जिल्लाका प्रमुख धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वका गुठीहरूसँग सम्बन्धित दीर्घकालीन समस्या समाधानका लागि आज गुठी संस्थानका प्रशासकीय प्रमुख शैलेश राज कुँवरसमक्ष  नुवाकोटका  सामाजिक अभियान्ताले ज्ञापनपत्र बुझाइएको छ    ।

।नुवाकोटका भैरबी गुठी, तार्केश्वर गुठी, दुप्चेस्वर गुठी, गोसाइँकुण्ड गुठी, देविघाट गुठी, निरञ्जना गुठी, तिल्केस्वर गुठी, राक्सेस्वर गुठी, कपिलेस्वर गुठी लगायतका करिब एक दर्जन गुठीसँग जोडिएका अभिलेख अस्पष्टता, सर्वे–नक्सा अभाव, कानूनी झन्झट र बसोबास अधिकारअनुसार व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाहरू वर्षौंदेखि समस्यामा परेको भन्दै  ज्ञापनपत्र  प्रस्तुत गरिएको हो।

ज्ञापनपत्र पेश  गर्ने क्रममा उपस्थित नुवाकोट विकास मोडेलका अभियन्ता तथा अधिवक्ता रामेश्वर भण्डारीले धार्मिक तथा सांस्कृतिक महत्वका ती गुठीहरूमा बसोबास गर्दै आएका नागरिकको संरक्षण र अधिकार सुनिश्चित गर्नु गुठी संस्थानकै दायित्व भएको बताए। उनले बंशानुगत रूपमा बसेका परिवारहरू “गरबिहिन”जस्तै जोखिममा परिरहेको भन्दै छिटो, स्पष्ट र दीगो समाधान आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै अभियन्ता राजन गौतमले गुठी जग्गाका अभिलेख अद्यावधिक नहुँदा विवाद र असुरक्षा बढेको बताउँदै, प्रत्येक गुठीको नक्सांकन तथा इतिहाससहित दर्ता अभिलेख तत्काल अपडेट गर्न आग्रह गरे। उनले नुवाकोटका गुठीहरू केवल धार्मिक स्थल मात्र नभई स्थानीय पहिचान, संस्कार र सामाजिक अस्तित्वका आधारभूत संरचना भएको बताए।

यस्तै लामो समय सम्म  नुवाकोट जिल्लाको प्रमुख राजनीति दल नेतृत्व गरे   नेतृत्वका थरिथरी पुस्ताहरूले दशकौँसम्म सत्ता र निर्णयको बागडोर सम्हाले, तर नुवाकोटका गुठी समस्या जस्ता नागरिकका मूलभूत पीडा कहिल्यै समाधान हुन भने सकेन। पुस्तामाथि पुस्ता बिते, शासनका अनुहार बद्लिए तर अवस्थाको कष्ट बद्लिएन। यत्तिका वर्ष जनताको ढोका–ढोका ठोकिने आवाज नसम्झने नेतृत्वबाट अब ठूलो आशा राख्नु पनि आफैँमा विडम्बना बनेको छ।।

यही कारण—अब समय पुराना ढर्रा, पुराना बेवास्ता र पुराना सम्झनाको शासन बन्द गर्ने हो। अब पहल गर्नुपर्ने शक्ति नयाँ पुस्ता, जिम्मेवारी बोेकेर अघि सरेको युवा पुस्ता हो।  युवाहरूले महसुस गरिरहेको यो दुःख, अन्याय र अधिकारहीनताको पीडामाथि अब मौन बस्नु भनेको भविष्यकै सम्भावनालाई गाडिदिनु जस्तै हो।

 

नेतृत्वका थरिथरी पुस्ताहरूले दशकौँसम्म सत्ता र निर्णयको बागडोर सम्हाले, तर नुवाकोटका गुठी समस्या जस्ता नागरिकका मूलभूत पीडा कहिल्यै समाधान हुन सकेनन्। पुस्तामाथि पुस्ता बिते, शासनका अनुहार बद्लिए तर अवस्थाको कष्ट बद्लिएन। यत्तिका वर्ष जनताको ढोका–ढोका ठोकिने आवाज नसम्झने नेतृत्वबाट अब ठूलो आशा राख्नु पनि आफैँमा विडम्बना बनेको छ।

अभियन्ता नकुल, रजमान तामाङ, जीवन तामाङ, दिनेश लामिछाने, राजु राई, चन्द्र प्रसाद पौडेल लगायतले पनि क्रमशः आफ्नो धारणा राख्दै, गुठी संस्थान, स्थानीय बासिन्दा र जिल्ला प्रशासनबीच समन्वय अभावकै कारण समस्या झन् जटिल बन्दै गएको उल्लेख गरे। उनीहरूले पुर्खौदेखि बसोबास गर्नेहरूलाई कानूनी सुरक्षा, दिगो योजना, र स्पष्ट नीतिमार्फत संरक्षण गर्न माग गरे।

उपस्थित सबैले संयुक्तरूपमा गुठी संस्थानले नुवाकोटका गुठीहरूमाथि बढ्दै गएको व्यवस्था–हीनता, अतिक्रमण, अभिलेख अस्पष्टता र प्रशासनिक ढिलाइ अन्त्य गरी दीर्घकालीन समाधानतर्फ गम्भीर पहल गर्नुपर्ने बताएका थिए।

निवेदन बुझ्दै प्रशासकीय प्रमुख शैलेश राज कुँवरले प्रस्तुत माग र तथ्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै, आवश्यक प्रक्रिया तथा समन्वयमार्फत विषयलाई प्राथमिकताका साथ अघि बढाइने आश्वासन दिएका छन्।

यसैसँग नुवाकोटका गुठीहरूमा थिचिएका, अधिकारहीन र अनिश्चिततामा परेका बासिन्दाको समस्या समाधानका लागि अब गुठी संस्थानको प्रभावकारी कदम अपेक्षित भएको सहभागीहरूको निष्कर्ष छ।

LEAVE A REPLY