पन्चकन्यामा पहिलो खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न।

0
13

पन्चकन्यामा पहिलो खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न।

नुवाकोट । राष्ट्रिय तेक्वान्दो संघ नेपाल पञ्चकन्याको आयोजनामा र पञ्चकन्या गाउँपालिकाको प्रायोजनामा आयोजित प्रथम पञ्चकन्या गाउँपालिका खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री माननीय हितबहादुर तामाङ रहेका थिए।

विशेष अतिथिको रूपमा पूर्वमन्त्री तथा निवर्तमान बाग्मती प्रदेश सभा उपसभामुख एवं प्रदेश सभा सदस्य माननीय राधिका तामाङको उपस्थिति रहेको उद्घाटन समारोहमा तेक्वान्दो खेल विकासका विविध पक्षमा अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष महेश्वर फुयाल, पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष बिमला के.सी., राष्ट्रिय कलाकार मुकुन्द थापा तथा विभिन्न वडाका वडा अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको अध्यक्षता पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले गरेका थिए। उनले गाउँपालिकाले खेलकुदका संरचना र कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्दै युवा प्रतिभा विकासमा योगदान पुर्‍याइरहेको उल्लेख गरे।

प्रतियोगितामा विभिन्न तौल समूह र उमेर वर्गका खेलाडीहरूले सहभागिता जनाए। खेलकुदमार्फत राष्ट्रिय एकता, अनुशासन र आत्मविश्वास बढाउने उद्देश्यसहित आयोजित यस प्रतियोगिताले स्थानिय खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको आयोजकले जनाएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले सहभागी, सहयोगी निकाय र स्थानीय समुदायप्रति धन्यवाद ज्ञापन गरेका छन्।

LEAVE A REPLY