सेना–प्रहरीले मात्र नपुग्ने भन्दै ’ प्रचण्डले गरे नागरिक फौजको प्रस्ताव

0
17

विराटनगर, मंसिर १५ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सुरक्षामा नागरिकको सक्रिय भूमिका अपरिहार्य भएको भन्दै ‘नागरिक फौज’ गठनको धारणा अघि सारेका छन्। विराटनगरमा आयोजित सन्देश सभामा बोल्दै उनले वर्तमान संरचनाले मात्र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न नसक्ने स्पष्ट गर्दै तीन करोड नेपालीलाई नै राष्ट्रिय फौजको अवधारणामा संगठित गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रचण्डले जनयुद्धको प्रारम्भिक चरणमा माओवादी पक्षबाट नागरिकलाई सैनिक तालिम दिने प्रस्ताव अघि सारे पनि त्यतिबेला संस्थागत नबनेको स्मरण गरे। तर, अहिले  परिस्थिति जटिल बन्दै गएको भन्दै, विदेशी हस्तक्षेप र साम्राज्यवादी शक्तिका चुनौतीहरूलाई मुकाबिला गर्न नागरिक शक्ति नै सबैभन्दा प्रभावकारी हतियार हुने उनको तर्क थियो।

उनी भन्छन्, “सेना–प्रहरीले मात्रै राष्ट्रको सुरक्षा सम्हाल्न सक्दैन। नेपालसँग अत्याधुनिक मिसाइल बनाउन सक्ने क्षमता छैन, तर नागरिकको सामूहिक बल अपार छ। तीन करोड नेपाली मातृभूमिका लागि उभिन तयार भए कुनै पनि शक्तिले नेपाललाई पराजित गर्न सक्दैन।”

उनका अनुसार राष्ट्रिय सुरक्षामा जनस्तरको सहभागिता निर्णायक बन्ने र नागरिकको सामूहिक संगठनबिनाबाह्य चलखेल तथा हस्तक्षेपलाई परास्त गर्न चुनौतीपूर्ण हुने बताइएको छ।

LEAVE A REPLY