
भण्डारीले ल्याए नुवाकोटमा चुनावी तरंग


भण्डारीले ल्याए नुवाकोटमा चुनावी तरंग
नुवाकोट, पुस १२।
नुवाकोट जिल्लाका चर्चित सामाजिक अभियान्ता तथा सचेत नागरिक अभियानका अध्यक्ष अधिवक्ता रामेश्वर भण्डारीले आगामी निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेसँगै जिल्लामा चुनावी तरंग पैदा भएको छ। लामो समयदेखि सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका पक्षमा सक्रिय भण्डारीको सम्भावित प्रवेशले स्थानीय राजनीतिमा नयाँ उर्जा थपिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
अधिवक्ता रामेश्वर भण्डारी नुवाकोटमा परिचित नाम हो। सचेत नागरिक अभियानको नेतृत्व गर्दै उनले विभिन्न सामाजिक मुद्दाहरूमा आवाज उठाउँदै आएका छन्। भ्रष्टाचारविरुद्धको अभियान, स्थानीय विकासमा पारदर्शिता र नागरिकको अधिकार संरक्षणजस्ता विषयमा उनको सक्रियता प्रशंसनीय रहेको छ। जिल्लावासीहरू उनीलाई एक इमानदार र निडर अभियान्ताका रूपमा चिन्छन्। पेशाले अधिवक्ता भएका भण्डारीले अदालती क्षेत्रमा पनि न्यायका पक्षमा मजबुत उपस्थिति जनाउँदै आएका छन्।
हालैका दिनमा भण्डारीले विभिन्न कार्यक्रमहरूमा निर्वाचनमा होमिने संकेत गरेका छन्। उनले भनेका छन्, “नुवाकोटको विकास र नागरिकको हकहितका लागि अब राजनीतिक मैदानमा उत्रनु आवश्यक भएको छ। पुराना दलहरूले जनताको अपेक्षा पूरा गर्न सकेनन्, अब सचेत नागरिकहरूले नेतृत्व लिनुपर्छ।” नुवाकोटका जिल्लाका विभिन्न क्षेत्रमा उनको पक्षमा माहोल बन्दै गएको छ। युवा तथा बुद्धिजीवी वर्गमा भण्डारीप्रति विशेष उत्साह देखिएको छ।
नुवाकोट जिल्ला राजनीतिक रूपमा संवेदनशील मानिन्छ। यहाँ प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) लगायतका प्रभाव बलियो छ। तर पछिल्ला निर्वाचनहरूमा स्वतन्त्र तथा नयाँ शक्तिहरूको उदय पनि देखिएको छ। भण्डारीको प्रवेशले यी दलहरूलाई चुनौती दिन सक्ने अनुमान गरिएको छ। विशेषगरी लिखु गाउँपालिका पन्चकन्या गाउँपालिका र तादी गाउँपालिका र आसपासका क्षेत्रमा उनको प्रभाव बलियो मानिन्छ।
भण्डारीले उम्मेदवारी दिएमा कुन क्षेत्र वा तहबाट लड्ने भन्ने स्पष्ट भएको छैन। तर स्रोतहरूका अनुसार उनी प्रतिनिधिसभा वा प्रदेशसभा तर्फको निर्वाचनमा केन्द्रित हुन सक्छन्। उनको अभियानले सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउने बताइएको छ। “जनताको पक्षमा काम गर्ने नेतृत्वको खाँचो छ, म त्यसका लागि तयार छु,” भण्डारीको भनाइ उद्धृत गर्दै उनका निकटस्थहरूले बताएका छन्।
जिल्लामा भण्डारीको यो कदमले चुनावी माहोल तातेको छ। प्रमुख दलहरूले पनि उनलाई नजिकबाट नियालिरहेका छन्। कतिपयले उनलाई आफ्नो दलमा तान्ने प्रयास गरिरहेका छन् भने कतिले स्वतन्त्र रूपमै चुनौतीको रूपमा हेरेका छन्। नुवाकोटका मतदाताहरू भन्छन्, “रामेश्वरजस्ता सचेत व्यक्तिले राजनीति गरे राम्रो हुन्छ। पुराना अनुहारबाट वाक्क भएका छौं।”
आगामी निर्वाचनमा भण्डारीको भूमिकाले नुवाकोटको राजनीतिक परिदृश्यलाई नयाँ मोड दिन सक्ने देखिन्छ। उनको चुनावी तरंगले जिल्लावासीमा नयाँ आशा जगाएको छ। अब उनको औपचारिक घोषणाको पर्खाइमा सबै छन्। यो तरंगले कस्तो नतिजा ल्याउँछ, समयले बताउनेछ।











