इन्द्रेणी कान्छीका तीन मुक्तक

0
49

मुक्तक १
खराब हालमा छु, घाती नसम्झ तिम्ले पनि
हरामको खेलमा छु, जाती नसम्झ तिम्ले पनि
मनको हर कुरा बुझ्न सक्छु म पनि तिम्रो
सोझी र इमानदार छु, लाटी नसम्झ तिम्ले पनि

मुक्तक २
तिम्रो लागि खिचिएको तस्विर हो
तिम्रो लागि लेखिएको तक्दिर हो
नसोध मलाई माया कस्तो हुन्छ ?
यो त प्रेमले बाँधिएको जन्जिर हो।

मुक्तक ३
तिमी भएको ठाउँमा म जान, मिल्दैन र आमा ?
मलाई पनि आफ्नै छोरी मान, मिल्दैन र आमा ?
यहाँ तिम्रो यादले ज्युँदै मर्छु होला सायद म त
तिमी सँगै मलाई पनि लान ,मिल्दैन र आमा ?
🖋️ इन्द्रेणी कान्छी
बर्दिया

LEAVE A REPLY