चन्द्रगिरि मेयर घनश्याम गिरीबाट विद्यार्थीले पाए सम्मान।

0
45

नैकापस्थित सान कलेजद्वारा नवआगन्तुक तथा कक्षा–१२ उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, चन्द्रागिरि — नैकापस्थित सान कलेजले नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूको सम्मानमा शनिबार एक भव्य समारोह आयोजना गरेको छ। सतुङ्गलस्थित आँगन रिसेप्सनमा गरिएको उक्त कार्यक्रममा उच्च तहका जनप्रतिनिधिदेखि शिक्षासम्बद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षा र चरित्र निर्माणमा कलेजको भूमिकाको प्रशंसा गरे। उनले स्थानीय तहसँग समन्वय गरी कलेजले अघि बढाएका विभिन्न शैक्षिक कार्यक्रमहरू प्रेरणादायी रहेको बताए।

त्यसैगरी चन्द्रागिरि नगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, कलेजका सञ्चालक, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा डा. सुवास घिमिरे, ओम समाज डेन्टल हस्पिटलका सञ्चालक, र महिमा गौतम लगायतका व्यक्तित्वहरूले पनि कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई निरन्तर परिश्रम, अनुशासन र सकारात्मक सोच अपनाउन सुझाव दिए।

कार्यक्रममा कक्षा–१२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीहरूलाई प्रशंसा–पत्र र अवार्डद्वारा सम्मान गरिएको थियो भने नवआगन्तुक विद्यार्थीहरूलाई कलेज जीवन प्रारम्भका लागि अभिमुखीकरणसमेत प्रदान गरिएको थियो।

सान कलेजले हरेक वर्ष विद्यार्थीको प्रेरणा, आत्मविश्वास र उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्दै आएको कलेज प्रशासनले जनाएको छ।

LEAVE A REPLY