तादी गाउँपालिकामा कृषि क्रान्ति : ‘उब्जाउ क्षमता बढाऔँ’ अभियानसँगै जैविक मल उत्पादन सुरू

0
8

तादी गाउँपालिकामा कृषि क्रान्ति : ‘उब्जाउ क्षमता बढाऔँ’ अभियानसँगै जैविक मल उत्पादन सुरू

नुवाकोटको तादी गाउँपालिका–३ मा आज “माटोको उब्जाउ क्षमता बढाऔँ, रासायनिक मलको प्रयोग घटाऔँ” भन्ने नाराका साथ जैविक मल उत्पादन कार्य औपचारिक रूपमा सुरु गरिएको छ। स्थानीय तहमा दिगो कृषि प्रवर्द्धन गर्ने उद्देश्यसहित शुरू गरिएको कार्यक्रमका प्रमुख आकर्षण तादी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले जैविक मल उत्पादनले कृषि क्षेत्रमा परनिर्भरता घटाई किसानलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे। अर्गानिक उत्पादन विस्तारका लागि स्थानीय किसानलाई प्रोत्साहित गर्दै जैविक मल प्रयोगले माटोको उर्वर क्षमता वृद्धि हुने र वातावरणसमेत सुरक्षित रहने उल्लेख गरियो।

गाउँपालिकाको समन्वयमा थालिएको यो अभियानले हरित कृषि, स्वस्थ उत्पादन र किसानको आर्थिक सबलीकरणलाई प्राथमिकतामा राखेको बताइएको छ।

LEAVE A REPLY