
नेपालमा कोही बोल्सेभिक होइन, तर नेताहरूको अवसरवादले देशमा विभाजनको बीउ रोपिरहेको छ” – राजन गौतम


काठमांडौ, २७ पुस २०८२ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावसाली नेता तथा बागमती प्रदेशका अध्यक्ष राजन गौतम (नकुल)ले देशका पूर्वप्रधानमन्त्रीहरूलाई मुख सम्हाल्न चेतावनी दिएका छन्।
सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले नेपालको वर्तमान राजनीतिक अवस्था र बहसहरूलाई अन्य देशको ऐतिहासिक सन्दर्भमा तुलना गर्नु उचित नहुने उल्लेख गर्दै गौतमले भने, “यो देशमा न कोही बोल्सेभिक छ, न कोही मेन्सेभिक त्यो बहस अर्कै देश र अर्कै ऐतिहासिक सन्दर्भमा भएको कुरा जोड्दै उनलेे भने नेपालमा त्यस्ता वर्ग छैनन्, तर नेताहरूको व्यवहार र बोलीले नै विभाजनको बीउ रोपिएको उनको गम्भीर आरोप छ।
गौतमका अनुसार, नेपालमा राजनीतिक अस्थिरता र समाजमा फैलिएको तनावको मुख्य कारण विचारधारा नभई नेताहरूको अवसरवादी चरित्र, सत्ता मोह र जिम्मेवारीहीनताले यथार्थ बुझ्न नसक्नु नै प्रमुख कारण रहेको औँल्याएका छन्। राजनीतिक दलहरू र नेताहरूले आफूलाई शक्तिशाली देखाउने उद्देश्यले गर्ने विवाद र विवादास्पद अभिव्यक्तिले समाजलाई अस्थिरताको चक्रब्यूहले सत्ता मोहको राजनीतिले मुलुकलाई संकटमा धकलेको उनले दाबी गरेका छन्
उनलेे नेताहरूलाई सचेत गराउन जनताको हित र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सुझाव दिएका छन्।
प्रलोपा नेता गौतमले नेतृत्वलाई उत्तरदायी र थप जिम्मेवार निर्णय लिन, सत्ता मोह र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न र देशका सबै वर्गसँग समन्वय र संवाद कायम गर्न आग्रह गरेका छन्। उनलेे नेतृत्वको असंवेदनशील व्यवहारले राजनीतिक स्थायित्वमा बाधा पुर्याउने मात्र नभई समाजमा अविश्वास र असन्तोष पनि सिर्जना भइरहेको प्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् ।
#बागमतीप्रदेश #प्रगतिशीललोकतान्त्रिकपार्टी #राजनगौतमनकुल #राजनीति #सत्ता #जिम्मेवारी #राष्ट्रियएकता











