भारतका प्रख्यात ब्यापारी रतन टाटाको निधन।

0
12

एजेन्सी । भारतको ब्यपारीक जगतमा छुट्टै नाम कमाएका  प्रख्यात  उद्योगपति रतन टाटाको बुधबार राती  ८६ वर्षको उमेरमा मुम्बईमा निधन भएको  छ।

गत सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि   मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा  भर्ना गरिएको थियो। तर उपचारको क्रममा  उनको  निधन भयो।रतन टाटा सन् १९६१–६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए । सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने  ।

टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन् । आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठुलो योगदान रहेको छ ।

स्वदेशमा निर्मित कारको नाम टाटा इन्डिका थियो , विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममाले उनलाई चिनिन्छ।   उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।

LEAVE A REPLY