
‘माओवादी होइन, नेकपा केन्द्रित बनौं’— रेडफोर्स युवालाई प्रचण्डको आग्रह


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेडफोर्सका युवाहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा एउटा महत्वपूर्ण सुझाव दिनुभएको छ।
जेन्जी रेड फोर्सद्वारा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जेन्जी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई संयोजक प्रचण्डले सम्बोधन गर्दे भन्नुभयो, “कार्यक्रम कताकता माओवादी र प्रचण्ड केन्द्रित जस्तो देखियो अहिले माओवादी केन्द्रित होइन, नेपाल कम्युनिस्ट पार्टी केन्द्रित हुन आवश्यक छ। हिजोको माओवादी आन्दोलनमा समाजवादीसहित सत्रवटा घटकहरू रुपान्तरण हुदै समाहित भइसकेका स्मरण गराउदै तपाईंहरूले यो कुरालाई हेक्का राख्नुहोस्।” उहाँले भन्नु भयो।
उक्त सुझावपछि अध्यक्ष प्रचण्डले युवाहरूको मेहनत र उत्साहको प्रशंसा गर्नुभयो। युवाहरूले छमछमी नृत्य, नाटक र अन्य सांस्कृतिक प्रस्तुतिमार्फत चेतना, साहस, परिवर्तन र समाजवादी मूल्यहरूलाई जीवन्त बनाएका थिए।
कार्यक्रममा मञ्चन गरिएका नाटकहरूले समाजमा कुशासन भ्रष्टचार बिरुद्ध विद्यमान विकृति, विसंगति र चेतनाको अभावलाई कलात्मक ढंगले उजागर गर्दै सामाजिक जागरण र परिवर्तनको आवश्यकतालाई प्रभावकारी रूपमा चित्रण गरिएको थियो ।











