सत्ता पाएपछि प्रतिबद्धता हरायो : बागमती प्रदेश अध्यक्ष गौतम

0
46

आन्दोलनले व्यवस्था बदल्यो, जनजीवन किन बदलिएन
काठमाडौं, २ पुस २०८२ — प्रगतिशील लोकतान्त्रिक पार्टीका **बागमती प्रदेश अध्यक्ष राजन गौतम (नकुल)**ले ‘जनताको अवस्था परिवर्तन’ को नारा दिएर सत्तामा पुगेका शीर्ष राजनीतिक नेतृत्वमाथि कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो  धारणा व्यक्त गर्दै गौतमले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र केपी शर्मा ओलीप्रति लक्षित गर्दै आन्दोलनबाट प्राप्त उपलब्धि जनताको जीवनमा रूपान्तरण हुन नसक्नुका कारण प्रष्ट पारेका छन्।

आन्दोलन सफल भई सत्ता हात परेपछि नेतृत्वको प्राथमिकता विचार, प्रतिबद्धता र जनउत्तरदायित्वबाट हटेर पद, शक्ति र सत्तामा केन्द्रित भयो  उनको आरोप छ   राजनीतिलाई जनसेवाभन्दा व्यक्तिगत स्वार्थ पूर्तिको माध्यम बनाएको उनले बताएका छन्।
गौतमले रोजगारी, शिक्षा, स्वास्थ्य र उत्पादनजस्ता जनताका आधारभूत समस्यामा नेतृत्वले गम्भीरता नदेखाएको बताएका छन्। दीर्घकालीन नीति निर्माण र प्रभावकारी कार्यान्वयनको अभावका कारण जनताको दैनिकीमा अपेक्षित परिवर्तन आउन नसकेको उनको बुझाइ छ।

दलभित्रकै अवस्थाप्रति पनि उनले आपत्ति जनाएका छन्। दलहरूमा आन्तरिक लोकतन्त्र, जवाफदेहिता र आत्मआलोचनाको कमीका कारण नेतृत्व जनताबाट टाढिँदै गएको उनले प्रष्ट पारेका छन्।
“यसैले आन्दोलनले व्यवस्था त बदल्यो, तर जनताको जीवनस्तर बदल्ने वास्तविक रूपान्तरण गर्न नसकेको”गौतमको निष्कर्ष छ—

LEAVE A REPLY