
नुवाकोटका अभियन्ता राजन गौतम ‘नकुल’ ले चेतावनी दिए: “अब जनताको प्रश्नबाट नेता भाग्न पाउँदैनन्”


नुवाकोट, मंसिर —
नुवाकोटका विभिन्न तहका नेताहरू लामो समयदेखि संघ, प्रदेश र स्थानीय तहसम्म जिम्मेवारीमा पुग्दा पुग्दै पनि गुठी समस्या, समाधान नहुदा त्यहाँका आम नागरिक र नुवाकोटक मोडलका सामाजिक अभियान्ता राजन गौतम (नकुले) गम्भीर असन्तुष्टि ब्यक्त गर्नु भएको छ।
उहाँले हाल बर्षौ देखि बसोबास नुवाकोटका आम नागरिकले सुरक्षाको मुद्दा र आधारभूत विकासको एजेन्डा प्रभावकारी रूपमा अघि नबढाएकोले अब आफुहरु यहीँ अवस्था रहे नुवाकोट बाट तेस्रो जनआन्दोलन हुने चेताउने दिएका छन्। उहाँले जनप्रतिनिधि संग पटकपटक छलफल हुदा पनि ठोस वास्तविक समस्याम ‘ठोस पहल’ गर्न नसक्नु आजका दिनमा नेतृत्वको गैरजिम्मेवारीको चिनारी बन्दै गएको गम्भीर आरोप लगाउनु भएको छ।
गौतमले यसमा मुख्य त जिम्मेवार रहेका नुवाकोटका नेता र पूर्वउच्चपदस्थहरू जसले पटक–पटक मन्त्री, माननीय र नीति निर्माण तह सम्हाले सबैको नाम सहित सुचि तयार पारेका छन् ।जसमा प्रकाश चन्द्र लोहनी (पूर्वमन्त्री (रामशरण महत (अर्थ मन्त्री)अर्जुन नरसिंह पूर्वमन्त्री)महेन्द्रपाण्ड(पूर्वमन्त्री)प्रकाशशरण महत (अर्थ मन्त्री हितबहादुर तामाङ (पर्यटन मन्त्री)राजेन्द्र लोहनी (मानवीय तथा सामाजिक क्षेत्र)बिमला सुवेदी (माननीय)प्रदेशस्तरका नेतृत्व: केशव पाण्डे, बद्री मैनाली, रमेश महत, रामप्रसाद ढुंगाना, राधिका तामाङ, बाहादुर लामा बिकासको काममा अघि नबढ्नु उनी जिम्मेवार रहेको उहाँको तर्क छ।
यी सबै नेताहरूले वर्षौँदेखि विभिन्न तह र जिम्मेवारी सम्हाल्दा पनि गुठी विवादका कारण हजारौँ नागरिक घरबार जोखिममा परेको गम्भीर विषयलाई राज्यको प्राथमिकतामा ल्याउन नसकेको आरोप स्थानीय नागरिक तथा अभियन्ताहरूले लगाएका छन्। गुठी व्यवस्थापन, सुरक्षित बसोबास, नागरिक हक संरक्षण र दीर्घकालीन समाधानका विषयमा कसैको वास्तविक पहल नदेखिएको जनस्तरको बुझाइ छ। प्रदेश नेतृत्वदेखि संघीय मन्त्रीसम्म पुगेका उनीहरूले पनि मुद्दालाई प्राथमिकतामा राखेनन् भन्ने गुनासो झनै व्यापक बन्दै गएको छ। गौतमको कठोर प्रश्न छ—
“वर्षौँसम्म नेतृत्वमा बसेर पनि समाधान किन भएन? अब फेरि जनतालाई ढाट्न कुन नयाँ उपाय ल्याइन्छ?”
नुवाकोटको विकास रोकिएको, नागरिक बसोबास असुरक्षित बनेको र गुठी समस्याले विस्थापनको खतरा बढिरहेको अवस्थामा जनताले अब ठोस कदम, स्पष्ट नीति र दीर्घकालीन समाधान चाहेको छ—उहाँले स्पष्ट पर्नु भएको छ।
।











