“व्यवस्था बदलियो, जनताको जीवन बद्लिएन — निर्णायक नेतृत्व चाहिन्छ”राजन गौतम( नकुल)

0
39

नुवाकोट । स्थानीय राजनीतिक तथा सामाजिक नेतृत्वमा सक्रिय युवा नेता राजन गौतम (नकुले ब्यवस्था परिवर्तन भए पनि अवस्था भने सुधार नभएको टिप्पणी गरेका छन्। उनले “व्यवस्था धेरै पटक बदलिए पनि जनताको वास्तविकता  जस्ताको तस्तै उनको भनाइ छ

गौतमले देशमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जनताले भोगिरहेको रोजगारीको अभाव, स्वास्थ्य शिक्षामा पहुँचको कमजोरी, सुशासनको कमी र आर्थिक संकट ज्यूँका त्यूँ रहेको उल्लेख गरे। उनका अनुसार अबको आवश्यकता व्यवस्थागत परिवर्तन होइन, कार्यक्षमता, निर्णय क्षमता र जिम्मेवारीबोध भएको नेतृत्व हो, जसले युगअनुकूल परिवर्तनलाई व्यवहारमै उतार्न सकोस्।

उनले थपे, “दूरदर्शी र निर्णायक नेतृत्व आजको अनिवार्य आवश्यकता बनेको छ। जनताले चाहे जति आशा राखे पनि राजनीतिक नेतृत्वले ठोस कार्ययोजना र परिणाम दिन नसकेको कारण विकासका सूचकहरू स्थिर नै रहे।” उनका यी भनाइहरूलाई युवा समूहले समर्थन जनाए पनि केहीले भने नेतृत्व परिवर्तन मात्रले समस्या समाधान नहुने, प्रणाली सुधार, पारदर्शिता र जनतासँगको प्रत्यक्ष जवाफदेहिता अनिवार्य रहेको प्रतिक्रिया दिएका छन्।

यता, स्थानीय बौद्धिक वृत्तले गौतमको अभिव्यक्तिलाई यथार्थमा आधारित बताए। उनीहरूका अनुसार वर्तमान समयमा राजनीतिक झगडा र आरोप–प्रत्यारोपभन्दा पनि परिणाममुखी राजनीति आवश्यक छ। जनतालाई व्यवहारिक रुपमा प्रभाव पार्ने कार्यक्रम, दिगो रोजगारी, कृषि सुधार, संरचना निर्माण र युवालाई देशमै अवसर दिलाउने योजनाहरू नै वास्तविक परिवर्तनका आधार हुन सक्छन्।

समग्रमा, गौतमको भनाइले देशमा जारी नेतृत्व क्षमता, विकासको दिशा र जनताको जीवनस्तरको प्रश्नलाई पुनः केन्द्रमा ल्याएको छ। अब जनताले कुर्ने प्रश्न यही छ—के राजनीतिक नेतृत्वले जनजीवनमा महसुस हुने परिवर्तन ल्याउने दिशा लिन्छ, वा पुरानै शैलीमा देश चलाइने क्रम जारी रहन्छ?

LEAVE A REPLY