


सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै लोहनीको चर्को आलोचना
काठमाडौं — जेनजी क्रान्तिपछि गठन भएको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारप्रति राप्रपा समितिका अध्यक्ष प्रकाश चन्द्र लोहनीले क्रान्तिपछि जनताले नयाँ सरकारबाट सुशासन, पारदर्शिता र नैतिकताको अपेक्षा गरे पनि तीन महिना बितिसक्दा समेत ती अपेक्षा पूरा नभएको आरोप लगाइएको छन्।
राप्रपाका निर्देशन समिति अध्यक्ष प्रकाश चन्द्र लोहनीले सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना गर्दै आफ्नो असन्तुष्टि पोखेका हुन्। उनले सरकारका कुनै पनि मन्त्रीले कानुनअनुसार आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयलाई गम्भीर रूपमा उठाएका छन्।
उनको भनाइमा, “तीन महिना बितिसक्दा पनि प्रधानमन्त्रीसहित कुनै पनि मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगर्नु राजनीतिक बेइमानी हो। यो जेनजी क्रान्तिको ठाडो अपमान हो।” लोहनीले जेनजी क्रान्तिपछि बनेको सरकारबाट न्यूनतम नैतिकता र पारदर्शिता देखिने विश्वास जनताले गरेको स्मरण गराएका छन्।
लोहनीले सरकारको नियतमाथि शंका व्यक्त गर्दै भनेका छन्, “यदि सरकार साँच्चै पारदर्शिताप्रति प्रतिबद्ध छ भने सम्पत्ति विवरण लुकाउनुपर्ने कारण के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।”
उनका अनुसार अझै पनि समय बाँकी छ र सरकारले आफ्नो गल्ती सुधार्न सक्छ। “प्रधानमन्त्रीज्यू, जेनजी क्रान्तिलाई अलिकति पनि सम्मान गर्नुहुन्छ भने आफ्नो र मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण जनता सामु राख्ने आँट देखाउनुस्,” भनि उनले ठाडो चेेताउने दिनु भयो।











