राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं केन्द्रीय महाधिवेशन कार्यक्रम नेपालगंजमा ८०० सय भन्दा बढी कर्मचारीका बीच भब्यताका साथ पुस ११ र १२ गते सम्पन्न भएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच महाधिवेशन मूल कायक्रमको समुद्घाटन गर्नु भयो । संघको १२ औँ केन्द्रीय महाधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं , वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ५१ सदस्यीय केन्द्रीय समिती निवार्चित भएको छ । यो महाधिवेशनले लिएको नीति र नेतृत्वले आम कर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई कुशलता पूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ ।
आम कर्मचारीहरुले सघं माथि देखाउनु भएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल एउटा समिती परिवर्तनको मात्र होइन संस्थाको हित र प्रगतिको लागि संघले बोकेको संकल्पको विजयको रुपमा लिएको छ । महाधिवेशनको पूर्वसंध्यामा कर्मचारीहरुले नेपालगंज नगरमा प्लेकार्ड, ब्यानर सहित प्रभातफेरी गरेका थिए ।
काठमाडौं उपत्यकाको घरभाडा नियन्त्रण गर्न सांसद प्रसाईंको माग: 'वैज्ञानिक मापदण्ड खै?'
काठमाडौं, ३० असार: काठमाडौं उपत्यका लगायतका सहरी क्षेत्रमा बढ्दो घरभाडाका कारण निम्न र मध्यम...
काठमाडौं — सरकारी विज्ञापन वितरणमा सरकारले लागू गरेको विवादास्पद ‘एकद्वारा प्रणाली’ लाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको...
प्रेसलाई तर्साउने प्रयास? काठमाडौंका प्रमुख सञ्चारगृह अगाडि बेवारिसे कारको रहस्य!
प्रकाशित मिति २०८३/३/२९
काठमाडौं । राजधानीका तीन चर्चित सञ्चारगृह– अनलाइनखबर, हिमालयन टीभी र कान्तिपुर– को गेटैमा...